Join our Channel

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमाले राजनीतिमा सक्रिय, गरिन् सदस्यता नवीकरण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमाले राजनीतिमा सक्रिय, गरिन् सदस्यता नवीकरण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा पुनः एमाले (नेकपा) बाट सुरु गर्ने घोषणा गरेकी छन्। मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’ विषयक विचार गोष्ठीमा बोल्दै उनले अब एमालेमै रहेर देश र जनताको हितमा राजनीति गर्ने बताइन्।

“फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,” उनले भनिन्, “अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।”

भण्डारीले आफूमा कुनै विशिष्ट पदको चाहना नभएको स्पष्ट पारिन्। “देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,” उनले भनिन्, “जननेता मदन भण्डारी भन्नुहुन्थ्यो— जनता भनेका भगवान हुन्। राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन।”

पूर्वराष्ट्रपति भण्डारीको उक्त घोषणापछि कार्यक्रमस्थलमा उपस्थित नेताकार्यकर्ताले जोरदार ताली बजाएर स्वागत गरेका थिए।

Leave a comment