Join our Channel

मेलम्चीमा बस दुर्घटना: ८ जना यात्रु घाइते, चालकसहितको सूची सार्वजनिक

मेलम्चीमा बस दुर्घटना: ८ जना यात्रु घाइते, चालकसहितको सूची सार्वजनिक

शनिबार दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ अन्तर्गत मेलम्ची–भोताङ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भोताङबाट मेलम्चीतर्फ गइरहेको ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको यात्रुबाहक बसको अगाडिको भाग भाँचिएपछि सन्तुलन गुमाई करिब ५० मिटर तल इन्द्रावती खोलाको बगरमा खसेको हो।

घाइतेहरूको विवरण:
घाइतेमध्ये बस चालक काभ्रेको मण्डनदेउपुर–६ का महेश्वर ढकाल, दोलखाको तामाकोसी–८ का २४ वर्षीय राज खड्का, पाँचपोखरी थाङपाल–६ का अनिल भण्डारी, पेमा लामा, लोर्की तामाङ, हेलम्बु–२ की १७ वर्षीया सुस्मिता ज्योति, ३२ वर्षीय रामचन्द्र पौडेल, र पाँचपोखरी थाङपाल–५ की ६० वर्षीया तारादेवी श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार, सबै घाइतेहरू बोल्न सक्ने अवस्थामा छन् र उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुर्घटनापछि घाइतेहरूलाई तुरुन्त उद्धार गरी मेलम्ची नगर अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनास्थलमा हाल इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली खटिएको छ र अनुसन्धान कार्य जारी छ।

Leave a comment