Join our Channel

राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

राप्ती गाउँपालिकाले निरन्तर वर्षाको कारण उत्पन्न हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गर्दै आज र भोलि पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शिक्षा शाखाले आइतबार सार्वजनिक सूचना जारी गर्दै असार १४ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सतर्कता सूचना आधारमा पठनपाठन स्थगन गरिएको स्पष्ट पारेको हो।

वरिष्ठ शिक्षा अधिकृत विश्वास विकका अनुसार, वर्खे बिदाबाट कटौती हुने गरी आज र भोलिको लागि बिदा दिइएको हो। बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै पालिकाले अभिभावकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

सूचनामा बालबालिकालाई इनार, खोल्सा, नदी, पोखरीजस्ता जलस्रोतहरूबाट टाढा राख्न र अत्यावश्यक बाहेक त्यस्ता क्षेत्रतर्फ जान नदिन आग्रह गरिएको छ। साथै, दैनिक गतिविधि सञ्चालन गर्दा मौसम पूर्वानुमान तथा बुलेटिनको अद्यावधिक जानकारीअनुसार निर्णय लिन अनुरोध गरिएको छ।

Leave a comment