Join our Channel

झाँक्रीको आलोचना पछि समाजवादी पार्टीको चेतावनी : सार्वजनिकरूपमा पार्टी विरोधी धारणा नबोल्न

झाँक्रीको आलोचना पछि समाजवादी पार्टीको चेतावनी : सार्वजनिकरूपमा पार्टी विरोधी धारणा नबोल्न

नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृ रामकुमारी झाँक्रीको पछिल्लो अभिव्यक्तिपछि आफ्ना सदस्यहरुलाई पार्टीको आधिकारिक धारणाविपरीत सार्वजनिक अभिव्यक्ति नदिन कडाइका साथ सचेत गराएको छ।

नेतृ झाँक्रीले लुम्बिनी प्रदेशमा आयोजित युवा संघको भेलामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै भनेकी थिइन्, “अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।” उनले पार्टीमा संकट रहेको बताउँदै अध्यक्ष परिवर्तन गरेर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेकी थिइन्।

सो अभिव्यक्तिपछि महासचिव घनश्याम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै भने, “जेठ २२ मा माधव नेपालविरुद्ध दायर भएको अख्तियारको मुद्दाबारे पार्टीले आधिकारिक धारणा प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकेको छ। अबदेखि कसैले पनि पार्टीको धारणासँग बाझिने कुरा नबोल्न, नलेख्न आग्रह गरिन्छ।”

भुसालले थप भनेका छन्, “पार्टीमा आफ्ना विचार राख्ने औपचारिक विधि र प्रक्रिया छन्। सार्वजनिक रूपमा वादविवादमा नउत्रिन सबै कमरेडहरूलाई आग्रह गरिन्छ।”

झाँक्रीले भने पार्टीभित्र आन्तरिक संकट चुलिएको र अर्ली महाधिवेशनमार्फत अध्यक्ष परिवर्तन गरी पार्टी पुनर्गठन आवश्यक रहेको बताउँदै आन्तरिक सुधारको माग गरेकी थिइन्।

Leave a comment