Join our Channel

वीरगन्जमा चोरीको मोटरसाइकलसहित युवक पक्राउ

वीरगन्जमा चोरीको मोटरसाइकलसहित युवक पक्राउ

पर्सा प्रहरीले मोटरसाइकल चोरीको अभियोगमा एक युवकलाई मोटरसाइकलसहित पक्राउ गरेको छ। पक्राउ पर्ने युवक वीरगन्ज महानगरपालिका–३१ निवासी १९ वर्षीय विद्यानन्द महतो हुन्।

पुलिसका अनुसार महतोले असार ९ गते राति ८ बजे वीरगन्ज–३१ स्थित कोनिया टोलमा बसोबास गर्ने विजय पटेलको घर अगाडिबाट कालो रङको सुपर स्प्लेंडर मोटरसाइकल चोरी गरेका थिए।

घटना अनुसन्धानका क्रममा मिलनचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आइतबार चेकिङ गर्ने क्रममा महतोलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका महतोमाथि थप अनुसन्धान गर्नका लागि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

Leave a comment