
पोखरा महानगरपालिका–२७ डाँडाको नाकस्थित डेराबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। दाङ घर भई डेरा गरी बस्दै आएका ६३ वर्षीय अमित कुमार चौधरीको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सोमबार साँझ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। घटनास्थलबाट नगद ६५ हजार ३ सय ७० रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको छ।