Join our Channel

बुल्गेरिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने महिला पक्राउ

बुल्गेरिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–१ की कमला कुमारी केसीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ‘बुल्गेरिया पठाइदिन्छु’ भन्दै एक व्यक्तिलाई आकर्षक तलब दिने लोभ देखाई ६ लाख ७५ हजार रुपैयाँ ठगी गरेकी थिइन्। पैसा लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुर बालकोटबाट पक्राउ गरेको हो।

पक्राउ परेपछि उनलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Leave a comment