Join our Channel

यूके पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने ललितपुरबाट पक्राउ

handcuff

वैदेशिक रोजगारीको नाममा यूके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले यूके रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्तिबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ उठाएका थिए। पैसा उठाएपछि उनी सम्पर्कविहीन भएका थिए।

पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ स्थित एकान्तकुनाबाट पक्राउ गरेको जनाएको छ।
हाल उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।

Leave a comment