
मकवानपुरको भिमफेदी गाउँपालिका–१ स्थित बाघझोराबाट ६ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका युवक हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङका ३६ वर्षीय कुमार सिङ गोले हुन्।
प्रहरीका अनुसार त्रिभुवन राजपथको भैंसेबाट हेटौंडातर्फ जाँदै गरेको बा ९४ प ८०८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको हो।
हेटौंडा–१, चौकीटोलबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल रोकेर जाँच गर्दा ६ किलो ८२० ग्राम गाँजा फेला पारेको जनाएको छ। पक्राउ परेका गोलेलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।