Join our Channel

टेक्सासमा भीषण बाढी : १३ जनाको ज्यान गयो, २० बालबालिका अझै बेपत्ता

टेक्सासमा भीषण बाढी : १३ जनाको ज्यान गयो, २० बालबालिका अझै बेपत्ता

अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीमा परी १३ जनाको मृत्यु भएको छ भने २० जना बालबालिका अझै बेपत्ता रहेका छन्।

स्थानीय प्रशासनका अनुसार बाढीपछि उद्धार र खोजतलास कार्यलाई तीव्र बनाइएको छ। टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान पेट्रियकले उद्धार कार्यमा हेलिकप्टरसहित उद्धार टोली खटाइएको जानकारी दिएका छन्।

उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ। सडकहरू जलमग्न भएका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

अमेरिकी मौसम विभागले पश्चिमी टेक्सासमा अझै केही घण्टा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, बाढीका कारण अवस्था झन गम्भीर हुन सक्ने चेतावनी समेत दिइएको छ।

Leave a comment