Join our Channel

मकवानपुरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन घाइते

मकवानपुरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन घाइते

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–८, पुलचोक बेलुवामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट हेटौंडातर्फ गइरहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मनहरी गाउँपालिका–७ बिजौनाका २४ वर्षीय विशाल चेपाङको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते तीन जना युवकको मनहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइते हुनेमा राक्सिराङ–३ केराबारीका १८ वर्षीय दीपक दोङ, सोही मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय पिटर तामाङ, र अर्को मोटरसाइकलका चालक मनहरी–६ बिजौनाका २४ वर्षीय निरज राना छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a comment