
विश्वप्रसिद्ध सवारी निर्माता कम्पनी बीवाईडी (BYD) ले १ करोड ३० लाख युनिट विद्युतीय सवारी साधन (EV) उत्पादन गर्ने ऐतिहासिक कीर्तिमान हासिल गरेको छ।
कम्पनीले चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो उत्पादन केन्द्रमा याङवाङ यु७ (Yangwang U7) मोडललाई यो ऐतिहासिक उत्पादनको प्रतीकस्वरूप सार्वजनिक गर्दै उत्सव मनाएको हो।
बिक्री दरमा निरन्तर वृद्धि
सन् २०२५ को पहिलो छ महिनामा बीवाईडीको घरेलु तथा अन्तर्राष्ट्रिय बिक्रीमा उल्लेख्य वृद्धि भएको छ।
- जनवरीदेखि जुनसम्म कम्पनीको घरेलु बिक्री २१ लाख १३ हजार युनिट पुगेको छ, जुन गत वर्षको तुलनामा ३१.५% वृद्धि हो।
- उता, अन्तर्राष्ट्रिय बजारमा बिक्री १२८.५% ले बढ्दै ४ लाख ७२ हजार युनिट पुगेको बीवाईडीले जानकारी दिएको छ।
विद्युतीय सवारीको विश्व बजारमा बीवाईडीको प्रभुत्व
ईभी क्षेत्रमा बीवाईडीले विश्वभर उल्लेखनीय उपस्थिति बनाउँदै लगिरहेको छ। नवप्रविधि, दिगो विकास र उच्च उत्पादन क्षमताका कारण कम्पनीले विद्युतीय सवारी उद्योगमा आफ्नो बलियो पकड कायम राख्न सफल भएको देखिन्छ।