Join our Channel

वीर अस्पतालमा अझै सुधारको खाँचो : मन्त्री पौडेलको स्वास्थ्य सेवाबारे स्पष्ट टिप्पणी

वीर अस्पतालमा अझै सुधारको खाँचो : मन्त्री पौडेलको स्वास्थ्य सेवाबारे स्पष्ट टिप्पणी

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशको स्वास्थ्य क्षेत्रमा केही सुधार आए पनि आम नागरिकले अझै त्यसको अनुभूति गर्न नसकेको बताएका छन्।

वीर अस्पतालको १३६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा बोल्दै उनले भने, “नीतिगत सुधारले मात्र जनतालाई सन्तुष्ट बनाउन सकिँदैन। नागरिकले स्वास्थ्य सेवामा सुधारको अनुभूति तभी गर्छन्, जब अस्पतालको सेवा सुधार हुन्छ।”

मन्त्री पौडेलले वीर अस्पतालमा प्राविधिक जनशक्तिनवीनतम उपकरण पुर्‍याउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे। “वीर अस्पताल राज्यको सबैभन्दा ठूलो लगानी भएको सरकारी अस्पताल हो। यसमा सुधार ल्याउनु सरकारको अनिवार्य जिम्मेवारी हो,” मन्त्री पौडेलले भने।

अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माले बिरामीको चाप बढिरहेको तर ओपीडी विभाग ४२ वर्ष पुरानोमेडिकल वार्ड ७० वर्ष पुरानो भवनबाट सेवा दिनु परेको चुनौती सुनाए। साथै, ‘प्राविधिक जनशक्ति समय समयमा अपुग हुने’ भन्दै स्थायी दरबन्दी सृजना गर्न मन्त्रीलाई आग्रह गरे।

वि.सं. १९४७ मा स्थापना भएको वीर अस्पताल हाल ९६० शय्या सम्मको सेवा दिन सक्षम छ। अत्यन्तै गरिब, बेवारिसे, हिंसा पीडित, अपांग, जेष्ठ नागरिक, जनआन्दोलनका घाइतेलगायतका बिरामीलाई यसले निशुल्क सेवा दिँदै आएको छ।

२०६३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रूपमा रूपान्तरण गरिएको वीर अस्पताल अब केवल उपचार केन्द्र मात्र नभई स्वास्थ्य जनशक्ति उत्पादन गर्ने राष्ट्रिय संस्थाको रूपमा पनि विकसित हुँदै गएको छ।

Leave a comment