Join our Channel

स्याङ्जामा पहिरोले कालीगण्डकी सडक पूर्ण अवरुद्ध, यातायात ठप्प

स्याङ्जामा पहिरोले कालीगण्डकी सडक पूर्ण अवरुद्ध, यातायात ठप्प

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्क क्षेत्रमा आज बिहान ठूलो चट्टानसहितको पहिरो खसेपछि कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस सडकमार्गमार्फत हुने सवारी आवागमन पूर्णरूपमा ठप्प भएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी पुर्तीघाटबाट सुरक्षाकर्मीहरू घटनास्थलमा खटाइएका छन्।

पहिरो पन्छाउने कार्य तीव्र रुपमा अघि बढिरहेको भए पनि सडक कहिले खुल्ने भन्ने यकिन समय भने नतोकिएको जानकारी प्राप्त भएको छ। चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सुचारु गर्न समय लाग्ने सम्भावना रहेको छ।

स्थानीय बासिन्दा र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। हालसम्म मानवीय क्षतिको विवरण आएको छैन।

Leave a comment