Join our Channel

सुनको मूल्यमा नयाँ रेकर्ड: प्रतितोला १ लाख ९९ हजार ४ सय, २ लाख नजिक

सुनको मूल्यमा नयाँ रेकर्ड: प्रतितोला १ लाख ९९ हजार ४ सय, २ लाख नजिक

नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च दर हो।

यसअघि बिहीबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो।

सुनको मूल्यसँगै चाँदी पनि महँगिएको छ। बिहीबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

धातु बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र अमेरिकी डलर कमजोर हुनु नेपाली बजारमा पनि मूल्य वृद्धि हुनुको मुख्य कारण हो।

Leave a comment