Join our Channel

सप्तरीमा फेरि ठूलो परिमाणको गाँजा बरामद, तस्करीका लागि लुकाइएको ३९६ किलो फेला

सप्तरीमा फेरि ठूलो परिमाणको गाँजा बरामद, तस्करीका लागि लुकाइएको ३९६ किलो फेला

सप्तरी प्रहरीले फेरि ठूलो मात्रामा गाँजा बरामद गरेको छ। शुक्रबार बिहान डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलमा गस्तीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले झन्डै चार क्विन्टल (३९६.९ किलो) गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार, १७ पोका गाँजा भारततर्फ तस्करी गर्न नहर छेउमा बेवारिसे अवस्थामा लुकाइराखिएको फेला परेको हो।

यसअघि पनि साउन ४ गते राजगढ गाउँपालिका–३ नर्घो पछ्वारी टोलमा ४० वर्षीया रेखाकुमारी मण्डलको घरबाट ३८८.७३ किलो गाँजा बरामद गरिएको थियो। त्यति बेला पनि भारत पठाउन निर्माणाधीन शौचालय र बाँसघारीमा लुकाइएको गाँजा प्रहरीले फेला पारेको थियो।

Leave a comment