Join our Channel

संसदीय समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग्यो, बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन

संसदीय समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग्यो, बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको स्तरोन्नतिको प्रगति विवरण माग गरेको छ।

समिति सभापति ठाकुर गैरेका अनुसार, शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरकारले टियु क्रिकेट मैदानको स्तरोन्नतिका लागि अहिलेसम्म गरेको कामको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।

यसअघि समितिले साउन १२ गते मैदानको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षण पछि समितिले बाँकी रहेका कामहरू छिटो पूरा गर्न आवश्यक सहजीकरण गर्न सरकारलाई आग्रह समेत गरेको छ।

ठाकुर गैरेले भने, “स्तरोन्नतिको काममा समिति सन्तुष्ट भए पनि बाँकी काम छिटो सम्पन्न गर्न पहल जारी रहनेछ।”

Leave a comment