Join our Channel

लेखराज भट्टको भनाइ: केपी ओलीलाई बुझ्न गहिरो अध्ययन र अनुसन्धान आवश्यक

लेखराज भट्टको भनाइ: केपी ओलीलाई बुझ्न गहिरो अध्ययन र अनुसन्धान आवश्यक

नेकपा एमालेका सचिव लेखराज भट्टले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोटो समयमा बुझ्न नसकिने बताएका छन्। प्रेस चौतारीले धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले ओलीलाई बुझ्न लामो अध्ययन र अनुसन्धान आवश्यक भएको उल्लेख गरे।

‘हामीले केपी ओलीलाई छोटो समयमा बुझ्न सक्दैनौँ,’ भट्टले भने, ‘मैले बुझेको छु, यहाँ म भन्दा लामो संगत गरेका मानिसहरू पनि छन्, उनीहरूले अझ बढी बुझेका होला।’

ओलीको कदम र निर्णयलाई तत्कालै बुझ्न नसकिने भन्दै भट्टले भने, ‘ओलीले कतिखेर के गर्छन् भन्ने कसैले पहिले बुझ्न सक्दैन। चालेपछि मात्र थाहा हुन्छ।’

नेकपा विभाजनको समयमा आफूले ओलीलाई बुझेर एमाले छानेको र यसैकारण अहिले उनको नेतृत्वलाई संरक्षण गर्नुपर्ने भट्टको भनाइ छ। उनले नेतृत्वको संरक्षणलाई विचारको रक्षा पनि भने।

‘मलाई विश्वास थियो, केपी ओलीलाई साथ दिनुपर्छ, यो पार्टी बन्छ भन्ने,’ भट्टले बताए।

Leave a comment