Join our Channel

आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र केही पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ।

विभागले वर्षासँगै पहिरो, बाढी र नदी–नाला तथा सडकमा अवरोधको सम्भावनाबारे सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a comment