
शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १,९६,२०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २,३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको उतार–चढावको असर नेपाली बजारमा पनि परेको हो।