Join our Channel

प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो : अध्यक्ष दाहाल

प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो : अध्यक्ष दाहाल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको आरोप लगाएका छन्। बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री ओलीले धरातल छोडेर गफ मात्र दिने गरेको बताए।

दाहालका अनुसार, प्रधानमन्त्रीको भाषण र वास्तविकता बीच ठूलो अन्तर छ। “गफ दिँदा जे बोले पनि हुन्छ, तर धरातलमा के छ भन्ने कुरा जनतालाई थाहा छ,” उनले भने।

दाहालले आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट रंगशालाको निर्माण कार्य नियालिरहेको र संसद्मा बोलेको कुरा यथार्थसँग मेल खाने दाबी गरे। “उहाँले त्यसलाई मात्रै मुद्दा बनाउनुभयो, त्यो गलत हो,” उनले थपे।

प्रधानमन्त्री ओलीले बुधबार संसद्मै दाहाललाई लक्षित गर्दै त्रिवि क्रिकेट रंगशाला निर्माण कार्य हेर्न सँगै जाने चुनौती दिएका थिए। पछिल्लो समय उक्त परियोजनालाई लिएर दुवै नेताबीच घोचपेच चर्किएको छ।

Leave a comment