Join our Channel

रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण हुने

रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण हुने

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ।

कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि रुपन्देही जिल्ला कारागारले शुक्रबार उनलाई नख्खु कारागार पठाउने निर्णय गरेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताएका छन्।

लामिछानेलाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो। यसअघि उनले काठमाडौंको डिल्लीबजार कारागारमा स्थानान्तरण गर्न निवेदन दिएका थिए। करिब डेढ महिना अगाडि दिएको उक्त निवेदनबारे गृह मन्त्रालयले कुनै प्रक्रिया अघि नबढाएको विभागले जनाएको छ।

Leave a comment