
मनसुनको न्यूनचापीय रेखा सामान्यभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको भए पनि, आज (शनिबार) देशका धेरै भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।
- कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभाग,
- मधेस प्रदेश,
- अन्य प्रदेशका पहाडी भागहरू
मा मध्यम वर्षा हुने अनुमान छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति
- कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बदली रहनेछ।
- बाँकी भागमा आंशिक बदली रहनेछ।
- कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागसहित अन्य प्रदेशका पहाडी भागमा मध्यम वर्षाको सम्भावना छ।
- कोशी प्रदेशका तराई र पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।