Join our Channel

डडेल्धुरामा भरुवा बन्दुक बरामद, एक जना पक्राउ अर्को फरार

डडेल्धुरामा भरुवा बन्दुक बरामद, एक जना पक्राउ अर्को फरार

डडेल्धुराको आलिताल गाउँपालिका–४ रज्यौडामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले मंगलबार साँझ स्थानीय दीपक सिँजालीको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

त्यसैगरी, अर्का स्थानीय गगन बोहराको कोठामा समेत अर्को एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । बरामद दुईमध्ये सिँजालीलाई नियन्त्रणमा लिइएको छ भने बोहरा भने फरार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार फरार बोहराको खोजी जारी छ भने यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a comment