
पाँचखाल नगरपालिका–५ केराघारीमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना बुधबार बिहान करिब ६ बजे भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल धाँजुका अनुसार बा ९३ प ११७० नम्बरको मोटरसाइकल र ना ख ७२१४ नम्बरको ट्रक ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
घाइते चालकलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई बिहान ६:४७ बजे मृत घोषणा गरेको धाँजुले जानकारी दिए । मृतकको परिचय भने अझै खुल्न सकेको छैन ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।