Join our Channel

नेपथ्यको डेनमार्क कन्सर्टमा उत्साहजनक साथ, युरोप भ्रमण जारी

नेपथ्यको डेनमार्क कन्सर्टमा उत्साहजनक साथ, युरोप भ्रमण जारी

नेपथ्यले डेनमार्कको प्रसिद्ध पुलेन हलमा गरेको कन्सर्टमा युरोपभरिका दर्शकबाट उत्साहजनक साथ पाएको छ। यस कार्यक्रममा फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन र बेल्जियमजस्ता देशका नेपाली दर्शकहरू समेत सहभागी भएका थिए।

मुख्य गायक अमृत गुरुङले कोशीको पानी गीतसहित प्रस्तुति सुरु गर्दै, स्कुल जान नपाएका नेपाली बालबालिकाको शिक्षामा सहयोग गर्न दर्शकलाई अपिल गरे। कार्यक्रमको अन्त्य रातो र चन्द्रसुर्जे गीतसहित गरिएको थियो।

नेपथ्य टोलीमा अमृत गुरुङसहित ध्रुव लामा (ड्रमसेट), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) सहभागी थिए।

नेपथ्यले डेनमार्कमा नौ वर्षपछि प्रस्तुति दिएको हो। डेनमार्कमा सफलता हासिल गरेसँगै टोली अब माल्टा प्रस्थान गरेको छ, जहाँ आगामी अगस्त २७ मा माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हलमा प्रस्तुति हुनेछ। अगस्त ३१ मा पोर्चुगलको लिस्बोआ आओ भिभो र अन्तिम प्रस्तुति बेल्जियमको एन्थ्रोपेनमा हुनेछ।

Leave a comment