Join our Channel

भृकुटीमण्डपमा सुरु हुँदैछ ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

भृकुटीमण्डपमा सुरु हुँदैछ ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौँको भृकुटीमण्डपमा आगामी भदौ १३, १४ र १५ गते (अगस्ट २९–३१, २०२५) ‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। यस प्रदर्शनीको संयोजन मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाले गरेको हो।

विज्ञप्तिअनुसार, नेपाल विद्युत् प्राधिकरण र नेपाल सौर्य विद्युत् उत्पादक संघ सहआयोजकको भूमिकामा छन्। प्रदर्शनीमा एक सयभन्दा बढी स्टलहरू रहनेछन्, जसमा स्वदेशी तथा विदेशी कम्पनीहरूले अत्याधुनिक प्रविधिहरू प्रस्तुत गर्नेछन्।

यस प्रदर्शनीमा निम्न सामग्रीहरू प्रदर्शित हुनेछन्:

  • ट्रान्समिसन र डिस्ट्रिब्युसन उपकरण
  • ऊर्जा आपूर्ति र कन्ट्रोल डिभाइस
  • हाउस वायरिङ सामग्री, तार, केबुल र कन्डक्टर
  • स्विच, एलईडी लाइटिङ र इलेक्ट्रोनिक्स उपकरण
  • घरेलु विद्युतीय उपकरण र कार्यालय प्रयोजनका प्रविधि
  • चार्जिङ स्टेशन र ब्याट्री

यस अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालमा विद्युतीय र इलेक्ट्रोनिक्स प्रविधिको विकास, प्रवर्द्धन र व्यवसायिक सहकार्यलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Leave a comment