
यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भव्य र प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो।
आयोजक संस्था द हिडन ट्रेजर ले आयोजना गरेको प्रतियोगितामा उनले अन्तिम चरणमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारेकी हुन्। अब उनले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्नेछिन्।