Join our Channel

मिर्चैयामा भूमि विधेयकविरुद्ध जसपाको विरोध प्रदर्शन

मिर्चैयामा भूमि विधेयकविरुद्ध जसपाको विरोध प्रदर्शन

भूमि सम्बन्धी विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा), नेपालले मिर्चैयामा शनिबार विरोध प्रदर्शन गरेको छ। जिल्लाका विभिन्न स्थानबाट आएका नेता तथा कार्यकर्ताहरूले राजमार्ग हुँदै विभिन्न क्षेत्रमा र्‍याली र नाराबाजी गर्दै विधेयक फिर्ता लिन माग गरे।

जसपाका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले उक्त विधेयक भूमिहीन, सुकुम्बासी र किसानको हितमा नभई दलाल र भूमाफियालाई फाइदा पुर्‍याउने गरी ल्याइएको आरोप लगाए। उनले भने, “मधेशको जमिन दलाल पुँजीपतिहरूलाई सुम्पिने र मधेशी जनतालाई कमजोर बनाउने षड्यन्त्र हामीले सफल हुन दिँदैनौं। यो विधेयक खारेज नभए कडा प्रतिवाद हुनेछ।”

Leave a comment