Join our Channel

सिआइबीको चेतावनी: ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु र हातहतियार खरिद तथा बिक्री नगर्नुहोस्

सिआइबीको चेतावनी: ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु र हातहतियार खरिद तथा बिक्री नगर्नुहोस्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु र हातहतियार खरिद तथा बिक्री नगर्न नागरिकलाई अनुरोध गरेको छ।

सिआइबीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक र वित्तीय संस्थामा भएको आगजनी र तोडफोडका क्रममा ती भवनमा रहेका महत्त्वपूर्ण सामग्रीहरू लुटपाट भएर बजारमा बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको छ।

विज्ञप्तिमा नागरिकसँग अनुरोध गरिएको छ कि यस्ता चोरी तथा लुटपाट भएका सामानको खबर पाएमा नजिकको सुरक्षा निकायमा जानकारी गराउन र त्यस्ता सामान प्राप्त भएमा प्रहरी कार्यालयमा बुझाउन।

साथै, कुनै व्यक्तिले ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तु वा हातहतियार खरिद–बिक्री वा सञ्चय गरेमा प्रचलित कानुन अनुसार कडाइका साथ कारबाही हुने समेत सिआइबीले चेतावनी दिएको छ।

Leave a comment