Join our Channel

कर्फ्यू हटेसँगै जनजीवन सामान्य, कार्यालय भोलिदेखि नियमित

कर्फ्यू हटेसँगै जनजीवन सामान्य, कार्यालय भोलिदेखि नियमित

जेन–जी आन्दोलनपछिको असामान्य परिस्थिति व्यवस्थापन हुँदै गर्दा देशको जनजीवन सामान्य बन्दै गएको छ। नयाँ प्रधानमन्त्रीको नियुक्तिपछि सरकार गठन भएपछि धेरै क्षेत्रमा शान्ति र स्थिरता फर्किएको छ।

उदयपुरमा कर्फ्यू हट्यो

उदयपुरमा शनिबारदेखि लागू रहेको कर्फ्यू र निशेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलका अनुसार वातावरण सहज भएसँगै सडकमा परिचालन गरिएको नेपाली सेना शनिबार बिहानदेखि व्यारेक फर्काइएको छ। अब नेपाल प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी लिएको छ।

कार्यालय र विद्यालय सञ्चालनमा

२३ भदौको जेन–जी आन्दोलनले उग्ररुप लिएको र २४ भदौदेखि अनिश्चितकालीन बन्द भएका सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र शिक्षण संस्था अब आइतबारदेखि नियमित सञ्चालनमा आउने भएका छन्।

प्रमुख जिल्ला अधिकारी लुईटेलले भने, “देशले नयाँ सरकार पाएपछि वातावरण सहज बन्दै गएकाले अब कार्यालय र सेवा संस्थाहरू सामान्य रूपमा सञ्चालनमा आउँछन्।”

जनजीवनमा देखिएको शून्यता क्रमशः हट्दै गएको यस अवस्थाले नागरिक जीवनमा सहजता र रोजगारीको पुनःसञ्चालनमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

Leave a comment