Join our Channel

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको जाहेरी

निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको जाहेरी

पूर्वसांसद तथा नेपाली काँग्रेस नेता अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिएका छन्।

शाहले शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दर्ता गर्दै, शान्तिपूर्ण प्रदर्शनमा संलग्न युवामाथि गोली चलाउन ओलीले आदेश दिएको आरोप लगाएका छन्।

घटनाको विवरण

कपिलवस्तु कृष्णनगर नगरपालिका–२ का ४३ वर्षीय अभिषेक प्रताप शाहले भदौ २३ गते प्रदर्शनकारीमाथि गोली चलाउन प्रधानमन्त्री ओलीले प्रत्यक्ष आदेश दिएको आरोप जाहेरीमा उल्लेख गरेका छन्। उक्त दिन १९ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म मृतकको संख्या ५० पुगेको छ। मृतकको उमेर समूह १७ देखि ४५ वर्षका बीचमा पर्छ।

माग र कानूनी कारबाही

जाहेरीमा शाहले ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे अनुसन्धान गरी प्रमाणसहित कानूनी कारबाही गर्न माग गरेका छन्। साथै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेश गर्न पनि अनुरोध गरिएको छ।

कपिलवस्तु प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्।

Leave a comment