Join our Channel

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्हालिन् पदभार

नवनियुक्त प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबारदेखि औपचारिक रूपमा पदभार सम्हालेकी छिन्।

जेन–जी आन्दोलनका मागलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। पदभार ग्रहण अघि कार्कीले लैनचोरस्थित सहिद स्मारकमा पुगेर सहिदहरूको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।

सिंहदरबारमा पदभार

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन्। तर, यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएकाले, हाल गृह मन्त्रालय रहेको भवनमै प्रधानमन्त्री कार्यालय सारेर काम सुरु गरिएको छ।

ऐतिहासिक सन्दर्भ

२०७२ सालको भूकम्पपछि क्षति भएको प्रधानमन्त्री कार्यालय पुनर्निर्माण गरिँदै आएको थियो। त्यसअघि हालको गृह मन्त्रालयकै भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालनमा थियो।

Leave a comment