
पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्। उनले आज बिहान सामाजिक सञ्जालमार्फत रास्वपा छाडेको औपचारिक जानकारी गराएकी हुन्।
सामाजिक सञ्जालमार्फत घोषणा
श्रेष्ठले आफ्ना भनाइमा पार्टी नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै लेखेकी छन्–
- “कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने अवस्था सिर्जना भयो।”
- “पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल गर्ने प्रवृत्ति बढ्दै गएको छ।”
पार्टीभन्दा माथि नेता?
उनले रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेताको स्वार्थ राख्न थालेपछि आफू असन्तुष्ट हुँदै आएको बताइन्।
- “अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला।”
ठूला दलका नेतामाथि पनि प्रहार
श्रेष्ठले कांग्रेस र एमालेका तेस्रो पुस्ताका नेताहरूलाई समेत चेतावनी दिँदै भनिन्–
- “आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो। अब नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्, कि हटाउनुहोस्, कि हट्नुहोस्।”
यससँगै, रास्वपाभित्र देखा परेको आन्तरिक असन्तुष्टि फेरि सतहमा आएको देखिएको छ।