
देशका विभिन्न स्थानमा राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु भएको छ। जेनजी आन्दोलनका कारण भदौ २३ गतेदेखि रोकिएको सेवा आजदेखि सुचारु भएको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, स्थानीय तह तथा विभागले तोकेको अन्य स्थानहरूमा सेवा उपलब्ध भइसकेको छ। अन्य कार्यालयहरूमा पनि क्रमशः सेवा सुरु हुँदै जाने विभागले जानकारी दिएको छ।
सेवा पुनः सुरु भएपछि नागरिकहरूले आफ्नो परिचयपत्र प्राप्त गर्न आवश्यक कागजात सहित नजिकैको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। विभागले नागरिकहरुलाई सेवा प्रक्रियामा सहयोग पुर्याउन तयार रहेको जनाएको छ।