Join our Channel

दशैंका लागि नेपालभर सुकिला नोट साट्ने प्रक्रिया सुरु

दशैंका लागि नेपालभर सुकिला नोट साट्ने प्रक्रिया सुरु

नेपाल राष्ट्र बैंकले बडादशैंका लागि आवश्यक पर्ने सुकिला नोट साट्ने प्रक्रिया सुरु गरेको छ। आइतबारदेखि देशभरका बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारण र संघ/संस्थालाई नोट साट्ने व्यवस्था गरेका छन्।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित मुख्य कार्यालयसँगै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट पनि सटही गर्न सकिनेछ।

इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि कारोबारको समयमा सुकिला नोट साट्ने सुविधा उपलब्ध हुनेछ।

हरेक व्यक्तिले ५ देखि १०० रुपैयाँसम्मका नोटबाट बनेको १ सेट अर्थात् १८,५०० रुपैयाँसम्म सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

यस व्यवस्थाले दशैंको समयमा आवश्यक सुकिला नोट उपलब्धता र सहज कारोबार सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

Leave a comment