
प्रहरी प्रधान कार्यालयले जेन–जीको आन्दोलन र त्यसपछिको प्रदर्शनमा कर्तव्य पालनाका क्रममा सहादत प्राप्त प्रहरीका परिवारलाई निरीक्षकदेखि आईजीपीसम्मको मासिक तलब कटौती गरी प्रति परिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
मंगलबार प्रधान कार्यालयले अमर प्रहरीका परिवारलाई राहत दिने निर्णय गर्दै आईजीपीदेखि निरीक्षकसम्मका सकल मासिक तलबबाट कटौती गरी रकम संकलन गरिने जानकारी दिएको छ।
जेन–जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा प्रहरी असईसहित तीन जनाले सहादत प्राप्त गरेका थिए।
यस निर्णयले सहादत प्राप्त प्रहरी परिवारको आर्थिक सुरक्षा र सम्मान सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।