Join our Channel

साफ यू–१७ च्याम्पियनसिप: श्रीलंकामाथि २–० को जितसँगै नेपालको विजयी सुरुआत

साफ यू–१७ च्याम्पियनसिप: श्रीलंकामाथि २–० को जितसँगै नेपालको विजयी सुरुआत

नेपालले साफ यू–१७ च्याम्पियनसिपको उद्घाटन खेलमा दस खेलाडीमा सीमित श्रीलंकालाई २–० ले हराउँदै विजयी सुरुआत गरेको छ।

कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका लागि समीर कुमारले ५२ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा उनले दोस्रो गोल थप्दै नेपाललाई निश्चित जीत दिलाए।

पहिलो गोलमा प्रतिश थापा मगरको लामो क्रसलाई अनमार्क रहेका समीरले हेड गर्दै गोल गरेका हुन्। पहिलो हाफको अन्त्यतिर उनले दुई सुनौलो अवसरलाई गोलमा बदल्न नसके पनि दोस्रो हाफमा सफल रहे।

श्रीलंकाले २७ औं मिनेटमा मोहम्मद इमाफलाई दोहोरो पहेँलो कार्डमा गुमाउँदै खेल दस खेलाडीमा सीमित रह्यो।

यस जितपछि नेपालको समूह ‘ए’ मा तीन अंक भएको छ र सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ। पराजित श्रीलंका शून्य अंकमा छ। अब समूहको अर्को खेलमा नेपाल बिहीबार बंगलादेशसँग भिड्नेछ। समूहमा तीन टिम मात्रै रहेका छन्।

Leave a comment