Join our Channel

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचन हुने मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ।

यसअघि आगामी कात्तिक १७ गतेका लागि तय गरिएको रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचन रद्द गर्दै आयोगले अब मध्यावधि निर्वाचनतर्फ तयारी अघि बढाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श, व्यवस्थापकीय तयारी र योजना तर्जुमा सुरु भएको छ।

यसैबीच, नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक रकमको प्रबन्ध हुने गरी बजेट परिमार्जन गर्ने घोषणा गरिसकेका छन्।

Leave a comment