
जेनजी आन्दोलनका क्रममा निधन भएका सहिदहरूको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट सुरु भएको शवयात्रा पशुपति आर्यघाटमा पुग्दा भावपूर्ण वातावरण बनेको थियो।
आर्यघाटमा आयोजित औपचारिक कार्यक्रममा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
त्यसपछि सुरक्षा निकायले सहिदहरूलाई सलामी अर्पण गर्दै अन्तिम सम्मान प्रदान गरियो।
जेनजी आन्दोलनले ल्याएको राजनीतिक तथा सामाजिक तरंगबीच सहिदहरूको अन्त्येष्टि राष्ट्रिय स्तरमै सम्पन्न हुनु जनचासोको विषय बनेको छ।