Join our Channel

दसैंमा सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था

दसैंमा सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न अनिवार्य गर्ने निर्देशन दिएका छन्।

सिंहदरबारमा बैठक

शनिबार सिंहदरबारमा बसेको बैठकमा—

  • यातायात व्यवस्था विभाग
  • सुरक्षा निकाय
  • यातायात व्यवसायी
    लगायत सरोकारवालासँग छलफल गरी दसैं अवधिमा मात्र सुरुङमार्गमार्फत सार्वजनिक सवारी साधन बाहिरिने र पुनः दसैंपछि फर्कने व्यवस्था मिलाइने निर्णय भएको हो।

अन्य प्रमुख निर्णयहरू

  • सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न कन्ट्रोल रुम सञ्चालन गर्ने।
  • नयाँ बसपार्कसहित राजमार्गहरूमा प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने।
  • सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने।

Leave a comment