Join our Channel

नुवाकोटको भैरवी मन्दिरमा नयाँ कुमारी प्रार्थी डंगोलको पदस्थापना

नुवाकोटको भैरवी मन्दिरमा नयाँ कुमारी प्रार्थी डंगोलको पदस्थापना

धार्मिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने नुवाकोटको भैरवी मन्दिरमा नयाँ कुमारी राखिएको छ। नवरात्रको साइत पारेर मंगलबार विशेष पूजाआजासहित नयाँ कुमारीको पदस्थापना गरिएको हो।

विदुर नगरपालिका–२ टाकुरोस्थित भैरवी मन्दिरमा करिब १५० वर्षदेखि चलिआएको कुमारी परम्परा अनुसार यस वर्ष ६ वर्षीया छात्रा प्रार्थी डंगोललाई जीवित देवीको रूपमा पदस्थापन गरिएको छ।

भैरवी माध्यमिक विद्यालयको बालविकास कक्षामा अध्ययनरत प्रार्थीलाई आश्विन शुक्ल प्रतिपदादेखि औपचारिक रूपमा कुमारी पदमा स्थापना गरिएको वडा अध्यक्ष दीपक कायस्थले जानकारी दिए।

यसअघि कुमारीको भूमिकामा रहेकी जेनिशा डंगोलको अवधि सामाजिक विधि अनुसार पूरा भएपछि नयाँ कुमारी नियुक्त गरिएको हो। नवरात्रभर जीवित देवी कुमारीलाई मन्दिरअगाडि रहेको शीतलपाटीमा विराजमान गराइने परम्परा रहेको छ।

Leave a comment