
प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभरका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
२०७२ असोज ७ गते आयोजित कार्यक्रममा काठमाडौंको केन्द्रीय कार्यालयसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी गरी सात स्थानमा रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ४६३ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता र प्राविधिकलाई धन्यवाद दिँदै मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्न पाउनु गौरवको कुरा भएको बताए।
मानन्धरले आगामी दिनमा पनि बैंकले यस्तै सामाजिक सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।