Join our Channel

दशैं बिदाअघि सेयर बजार ११ अंकले बढेर बन्द, कारोबार २ अर्ब ९३ करोड

दशैं बिदाअघि सेयर बजार ११ अंकले बढेर बन्द, कारोबार २ अर्ब ९३ करोड

दशैं बिदाअघि सेयर बजार सकारात्मक रुपमा बन्द भएको छ। आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढ्दै २६६३.५१ विन्दुमा पुगेको हो।

यस दिन ३१४ वटा स्क्रिप्सको ७५ लाख ११ हजार १९३ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार मूल्य २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँ पुगेको छ।

बजारको विवरण

  • १७० कम्पनीको मूल्य बढ्यो,
  • ६९ कम्पनी घटे,
  • १२ कम्पनी स्थिर रहे।

ग्लोबल आईएमई समुन्नत योजना–२ को सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ।

कारोबार रकममा अग्रणी

  • युनियन हाइड्रोपावर : २४ करोड रुपैयाँ
  • नेपाल रिइन्स्योरेन्स : ११ करोड रुपैयाँ
  • शिवम् सिमेन्ट : ८ करोड रुपैयाँ

उपसूचकको स्थिति

तीन समूहबाहेक सबै उपसूचकमा सुधार देखिएको छ।

  • घट्ने समूह : होटल्स एन्ड टुरिजम, अदर्श र ट्रेडिङ
  • बढ्ने समूह : बैंकिङ, बीमा, हाइड्रोपावर, माइक्रोफाइनान्स लगायत

दशैं बिदा

सेयर बजार अब असोज १९ गते आइतबार मात्रै खुल्नेछ।

Leave a comment