Join our Channel

वर्षा रोकिएपछि सप्तकोशी नदीको बहाव घट्दै, राहतको संकेत

वर्षा रोकिएपछि सप्तकोशी नदीको बहाव घट्दै, राहतको संकेत

लगातारको अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आइतबार बिहान ६ बजे मापन गर्दा ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानी बहिरहेको थियो।

यो भन्दा अघि गए राति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेकप्रति सेकेण्ड रहेको थियो। रातिदेखि वर्षा कम भएपछि नदीमा पानीको बहाव क्रमिक रूपमा घट्दै गएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले जानकारी दिएको अनुसार कोशी ब्यारेजका ५६ गेट खोलिएका छन्। आइतबार विहान नदीमा बहाव उच्च भएको कारण खतराको संकेत स्वरुप रातो बत्ती बालिएको थियो, तर अहिले बहाव घट्दै गएपछि रातो झण्डा फहराइएको छ।

यो घटनाले सडक र तराई क्षेत्रका बाढी जोखिम प्रभावित क्षेत्रका स्थानीय जनतालाई राहत मिल्ने संकेत दिएको छ।

Leave a comment