
नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड तोडेको छ। आज सुनको मूल्य १५०० रुपैयाँले वृद्धि हुँदै एक तोला सुन २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ रहेको थियो। यसरी, हालको मूल्य सुनको इतिहासमै उच्चतम मानिन्छ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी ३० रुपैयाँले बढेर एक तोला २ हजार ९६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ कायम थियो।
विशेषज्ञहरूका अनुसार, विदेशी बजारमा सुनको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय आर्थिक अस्थिरताका कारण नेपाली बजारमा पनि मूल्य बढेको हो।