Join our Channel

हिमपातले न्यालु सडक बन्द, आन्तरिक पर्यटक अलपत्र

हिमपातले न्यालु सडक बन्द, आन्तरिक पर्यटक अलपत्र

अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध भएको छ। नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने यो सडक बन्द भएपछि लाप्चा नजिक छ वटा सवारीमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र परेका छन्।

सिमकोट गाउँपालिका–५ का स्थानीय उब्जन रावतका अनुसार, सडक अवरुद्ध हुँदा पर्यटकहरूले गन्तव्यसम्म पुग्न कठिनाइ भोग्नु परेको छ। बोक्रा हिमपातका कारण पैदल हिँड्न पनि कठिन भएको उनले बताए। सडकमा जमेको हिउँ पन्छाउन चार दिनसम्म समय लाग्ने सम्भावना रहेको रावतले बताए।

न्यालु सडक समुद्र सतहबाट ५ हजार मिटरको उचाइमा रहेको छ। हिमपातले तिल, हल्जी र जाङका बासिन्दालाई सबैभन्दा बढी प्रभावित गरेको छ।

स्थानीय प्रशासनले अहिले सडक खुलाउने र सुरक्षित यातायात सुनिश्चित गर्ने प्रयास गरिरहेको छ।

Leave a comment