Join our Channel

कांग्रेसका युवाद्वारा सानेपामा धर्ना — विभागहरूमा ४०% युवा प्रतिनिधित्वको माग

कांग्रेसका युवाद्वारा सानेपामा धर्ना — विभागहरूमा ४०% युवा प्रतिनिधित्वको माग

नेपाली कांग्रेसमा आबद्ध युवाहरूले पार्टीको विभागहरूमा ४० प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।

शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै उनीहरूले पार्टी विधान संशोधनमार्फत युवा वर्गको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

धर्नाका क्रममा युवाहरूले सबै तहका निर्वाचनमा कम्तीमा ४० प्रतिशत युवालाई आधिकारिक उम्मेदवारको रूपमा अघि सार्ने व्यवस्था विधानमै समावेश गर्नुपर्ने बताएका थिए।

त्यस्तै, उनीहरूले Gen Z (जेनजी) उमेर समूहमा कम्तीमा २५ प्रतिशत क्रियाशील सदस्यता पुर्‍याउन क्रियाशील सदस्यता वितरणलाई तीव्र बनाउनुपर्ने बताएका छन्।

नेविसंघ केन्द्रीय सदस्य आकाश उप्रेतीका अनुसार, “निवर्तमान समितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान अन्त्य गरी चलायमान र जिम्मेवार कांग्रेस निर्माण गर्नुपर्छ।

युवाहरूले साथै पार्टीको क्रियाशील सदस्यता वितरण प्रणालीलाई प्रविधिमैत्री र खुला बनाउने, तथा पार्टी सञ्चालन र सरकार सञ्चालनमा दोहोरो जिम्मेवारी नदिने कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत राखेका छन्।

Leave a comment