Join our Channel

दीपिका पादुकोण भारतकी पहिलो मानसिक स्वास्थ्यदूत नियुक्त — स्वास्थ्य मन्त्रालयसँग मिलेर जनचेतना अभियान अघि बढाउने

दीपिका पादुकोण भारतकी पहिलो मानसिक स्वास्थ्यदूत नियुक्त — स्वास्थ्य मन्त्रालयसँग मिलेर जनचेतना अभियान अघि बढाउने

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशको पहिलो मानसिक स्वास्थ्यदूत (Mental Health Ambassador) का रूपमा नियुक्त गरेको छ।

दीपिकाले सन् २०१५ मा ‘द लिभ लभ लाफ फाउन्डेसन’ स्थापना गरेकी थिइन्, जब उनले आफू पनि डिप्रेशनको अनुभव गरेकी थिइन्। उनीकै पहलमा सुरु भएको संस्थाले भारतमा मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने कार्य गर्दै आएको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाका अनुसार, दीपिकासँगको सहकार्यले भारतमा मानसिक स्वास्थ्यबारेको बुझाइ र पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। उनले भने, “दीपिका मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अनिवार्य अंगको रूपमा उजागर गर्न सहयोगी बन्नेछिन्।”

दूत नियुक्त भएपछि दीपिकाले सामाजिक सञ्जालमार्फत लेखेकी छन् —
“केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पहिलो मानसिक स्वास्थ्यदूत हुन पाउँदा सम्मानित महसुस गर्छु। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ। म यो अभियानमा मन्त्रालयसँग सहकार्य गर्न तत्पर छु।”

स्वास्थ्यदूतका रूपमा दीपिका पादुकोणले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने, गलत धारणाहरू तोड्ने, सहयोग खोज्न प्रेरित गर्ने, र ‘टेलि-मानस’ जस्ता सरकारी कार्यक्रमहरूको प्रवर्द्धन गर्ने जिम्मेवारी पाउनेछिन्।

Leave a comment