
रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘मुगलान’ आउँदा पुस १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मको फर्स्ट लुक्स पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।
सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण वेशभूषामा देखाइएको छ। प्रभात बाँसुरी बजाउन लागेका देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले फिल्मको प्रेमकथा र गाउँ–समाजको पृष्ठभूमि स्पष्ट रूपमा देखाउँछ।
कलाकार र निर्माण टोली
फिल्ममा प्रमुख भूमिकामा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बास्तोला रहेका छन्।
- निर्देशन / लेखन: आशिष ढकाल
- निर्माता: गोमन सिंह
- को-प्रोड्युसर: रिता चौधरी
- सम्पादन: तारा थापा ‘किम्भे’
- द्वन्द्व निर्देशन: जय विष्ट र राम गुरु
- संगीत: किरण भुषाल
- गायन: शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)
- गीत रचना: आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी)
- कोरियोग्राफी: देबेन्द्र कुँवर
- DOP: अजय रेग्मी
फिल्मको कथा
निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ। फिल्मको प्रचार–प्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ। वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।